काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ काठमाडौं शाखाले आयोजना गरेको ई–स्पोर्टस (पब्जी मोबाइल) प्रतियोगिताको समापन खेलका अवसरमा बोल्दै महामन्त्री थापाले विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसलाई राज्यले लगानी गर्नुपर्ने बताएका हुन् ।
महामन्त्री थापाले भने, “यो युग विज्ञान र प्रविधिको युग हो, युवाको रोजाइमा रहेको विश्वव्यापी मान्यता प्राप्त ई–स्पोर्टसमा राज्यले लगानी गर्नुपर्छ ।”
कूल १६ टिम रहेको उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु एक लाख ४० हजार, रु ९० हजार र रु५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।