April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

टी—२० क्रिकेट: नेपालद्वारा हङकङ ७९ रनले पराजित

1.5K

काठमाडौं। त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले हङकङलाई ७९ रनले हराएको छ । यो नेपालको लगातार तेस्रो जित हो ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा
टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल तयार पारेको थियो । 

जवाफी ब्याटिङमा गरेको हङकङले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो भने हङकङको दोस्रो हार । 

Advertisement

यसअघि नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले आफ्नो दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । निकट भविष्यमा आयोजना हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेलिएको हो ।