एसीसी यु- १९ प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट टोली फर्किए स्वदेश
काठमाडौं। मलेसियामा भएको एसीसी यु- १९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । बिहीबार नेपाल फर्किएका टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनलमा युएइलाई डकवर्थ लेविस मेथडमा १९ रनले हराउँदै...