May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

एसीसी यू– १९ प्रिमियर कप: नेपालले जित्यो उपाधि

1.2K

काठमाडौं । एसीसी यू– १९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको फाइनल खेलमा यूएईलाई १९ रनले पराजित गर्दै मंगलबार नेपालले उपाधि जितेको हो ।

नेपालले यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य दिएको थियो । त्यसलाई पछ्याउँदै यूएई २६.४ ओभरमा १ सय ७८ बनाएर अलआउट भयो । नेपालले पूरा प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन भएको हो।

नेपालका लागि आकाश त्रिपाठीले चार विकेट लिए भने सुभाष भण्डारीले तीन विकेट लिए ।

Advertisement