November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाललाई ५ विकेटले पराजित गर्दै यूएई बन्यो त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको विजेता

२०८० कार्तिक १०

1.9K

काठमाडौं । नेपाललाई ५ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको विजेता बनेको छ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि भिडन्तसम्म पुगेको आयोजक राष्ट्र नेपाल शृङ्खलाको फाइनलमा चुकेको हो ।

शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा उपाधिका लागि नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाएका हुन् ।

जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका थिए । दुबैले पहिलो विकेटका लागि ७१ रनको साभेदारी गरेका थिए । पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुवात गरेका वासिमले लगातार दुई चौका हान्दा युएईले पहिलो ओभरमै १७ रन जोड्यो । त्यसपछि युएईले आक्रमक ब्याटिङ गर्दै दोस्रो ओभरमा १० रन जोड्यो भने त्यसपछिको तीन ओभरमा ११–११ रन जोड्यो । युएईले पावर प्लेमा विना क्षति ६७ रन बनाएको थियो ।

Advertisement

सातौं ओभरको चौथो बलमा गुल्सन झाले कप्तान वासिमलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराउँदै पहिलो विकेट लिए । २२ बलको समना गरेका बासिमले ७ चौका र २ छक्का मदतमा ४५ रन बताए ।

अर्यान्श ३५ रन, आसिफ खान ७ रनमा आउट भए भने वृत्य अरवीन्दले चौथो विकेटका लागि अलीशान शराफूसँग २६ रनको साझेदारी गरे । शराफू ११ रनमा आउट भए । यएईले थप ७ रन जोड्दा अरवीन्द्रलाई दीपेन्द्र सिंह ऐरीले डाइरेक्ट हिटमार्फत रन आउट गरेका थिए । बसिल हमिद र अली नासीरले २५ रनको साझेदारी गर्दै यूएईलाई जित नजिक पु¥याए । नसीर ११ रनमा आउट भए ।

अभिनाश बोहोराको ओभरको अन्तिम बलमा आयान अफ्जल खानले चौका हाने । अन्तिम ओभरको पाँचौं बलमा हमिदले छक्का हान्दै यूएईलाई सिरिजको उपाधि दिलाएका हुन् ।

नेपालका गुल्सन झा र अभिनाश बोहोराले २÷२ विकेट लिए भने कुलश मल्लले १ विकेट लिए । करण केसी सबभन्दा महंगा साबित भए । ३.५ ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए ।