पाथीभरामा केबलकार निर्माण गर्न नहुने अडानसहित जनप्रर्दशन
विराटनगर । ताप्लेजुङको पाथीभरा(मुकुमलुङ) मा केबलकार निर्माण गर्न नहुने अडान राख्दै जनप्रर्दशन गरिएको छ । ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन’, ‘राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन’, ‘प्रकृति पूजकहरु एक होऔं’ लगायतका नारासहित सोमबार फुङ्लिङमा जनप्रर्दशन गरिएको हो । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश नं १ पुनःनामाङ्कन...