April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नोबेल मेडिकल कलेजमा कार्यरत एक नर्सको हत्या

1.3K

विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ । 
सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दासको घाँटी रेटी हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दासको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको प्रहरीको भनाइ छ । 

Advertisement

उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीले जनाएको छ ।