November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताः महिला एकल र पुरूष एकलतर्फ क्वाटरफाइनलका खेल सम्पन्न

२०८० फाल्गुन ११

2K

पाँचथर । पाँचथरमा जारी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा विहीबार पाँचै विधाका खेलहरू सम्पन्न भएका छन् । बिहिबार महिला एकल र पुरुस एकल तर्फ क्बाटर फाइनलका खेलहरु सक्पन्न भएका छन् । महिला एकलमा मोरङकी सिमा राजवंशी, उदयपुरकी रोजी राई, पाँचथरकी छाँया केरुङ, झापाकी अञ्जना राई विजयी हुँदै सेमि पुगेका छन् ।

सिमाले तेह्रथुमकी भावना चुडाललाई २१–५ र २१–९ को सोझो सेटमा हराउदा रोजीले सङखुवासभाकी अलीना श्रेष्ठलाई २१–२३–२१–७ र २१–५ को सेटमा हराउदै सेमीको यात्रा तय गरिन । पाँचथरकी छाँयाले घनकुटाकी अरुण तामाङलाई २१–१५ १७–२१ अन्तिीम सेटमा २१–१६ कोजित सँगै सेमिको यात्रा तय गरिन् । झापाकी अञ्जनाले ताप्लेजुङकी सरुना गुरुङलाई २१–६ र २१–११को सेटमा हराउदै सेमि पुगेकी हुन् ।

पुरुष एकलमा भोजपुरका विशाल तामाङ, भोजपुरका विवेक श्रेष्ठ, तेह्रथुमका विवेक कन्दवा, ताप्लेजुङका मिलन गुरुङ विजयी हुँदै अन्तिम चारमा पुगेक पुगेका छन् । बिशालले पाँचथरका दिबस शंकरलाई हराउदै सेमि पुगेका हुन् । विवेक श्रेष्ठले तेह्रथुमका नबिन सिल्बाललाइ हराए । विवेक कन्दवाले सोलुका संगुन काकीलाई हराए । ताप्लेजुङका मिलन गुरुङले उदयपुरका सुजल चौधरीलाई हराए ।

Advertisement

जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् ।

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कभर्डहलमा संचालन भइरहेको छ । प्रतियोगितामा महिला पुरुष एकल, युगल र मिश्रित युगलका खेलहरु पनि भएका छन् । भेटान्ट्रास तर्फ दोश्रो चरणका खेलहरु सकिएका छन् । मिश्रित युगल तर्फ पनि दोश्रो चरणका खेलहरु सकिएका छन् । सबै बिधाका खेलहरुको फाइनल शुक्रबार हुनेछ । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

हेटौंडामा फागुन २४ गते देखि हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताका लागि जारी प्रतियोगिताबाट महिल र पुरुषतर्फ समान ३ खेलाडी छनोट गरिने बताइएको छ ।