February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीसँग एनआरएनएको भेट

1.2K

विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीको टोलीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग भेट गरेको छ ।

भेटमा कोशी प्रदेशमा एनआरएनको लगानी, अन्तर्राष्ट्रिय चिया सम्मेलन लगायत समसामायिक विषयवस्तुमा छलफल भएको अध्यक्ष केसीले बताए । उनले संघले केन्द्र सरकारसँग सहकार्य गर्दै आएको जानकारी गराउँदै अब स्थानीय र प्रदेश सरकारसँग काम गर्न इच्छुक रहेको बताए ।

जवाफमा मुख्यमन्त्री कार्कीले लगानीका लागि कोशी प्रदेशमा लगानीका सम्भावना प्रचुर मात्रामा भएकोले लगानीका लागि आह्वान गरे । लगानीका क्षेत्र पहिचानमा प्रदेश सरकारले सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।

Advertisement

भेटमा उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ(टीका) कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो ।