April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

लिम्बुवान स्थापनाका लागि मेचे स्वायत्त क्षेत्रमा पुनर्गठन कार्यक्रम सम्पन्न

२०८० फाल्गुन १३

1.7K

विराटनगर । झापा जील्ला मेचेनगरपालिका स्थित लाउख्रीफारामा ‘जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिको आह्वान, नेपालको अबको आठौं प्रदेश लिम्बुवान प्रदेश स्थापनाका लागि पुनः जनजागरण अभियान’ भन्ने मूल नारा सहित जसपा, नेपाल मेचे स्वायत्त क्षेत्र समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जसपा, नेपाल केन्द्रीय राजनीतिक समिति सदस्य माननिय रेखा यादव, बिशिस्ट अथिती राजनीतिक समिती सदस्य खगेन्द्र माखिम, अतिथिहरु लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष डम्बर लाओती (जेन्टल), केन्द्रिय सदस्यहरु धनप्रसाद गुरुङ, राधा थापा र गंगा सेर्मा, केन्द्रिय सल्लाहकार अरुण शर्मा, प्रदेश सदस्यहरु केवलराम राई, शर्मिला आङदेम्बे र मिरा कार्की, लिम्बुवान राष्ट्रिय समिति मुख्यसचिव केदार धिमाल, लिम्बुवान कोषाध्यक्ष टुपेन्द्र येक्तेन, लिम्बुवान सदस्य फुङमा बोखिम, लिम्बुवान सल्लाहकार कालिबहादुर खेवाङ, भुतपुर्व शैनिक तथा प्रहरी महासंघ केन्द्रिय सचिव समर राई, झापा जिल्ला अध्यक्ष दिपेनवाला राई, जिल्ला उपसचिव धर्म गुरगाँई, मेचीनगरपालिका अध्यक्ष ओमप्रकाश खापुङ, मेचे समाज सिवियारी आफात, नेपालका संस्थापक महासचिव कालू मेचे लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अथिती माननीय रेखा यादबले सामाजिक सास्कृतिक संरक्षण र आर्थिक बिकासका लागि विशेष, संरक्षित र स्वायत्त क्षेत्र निर्माण गर्न संविधानमा नै ब्यवस्था भएकोले मेचे स्वायत्त क्षेत्र निर्माण गर्न सदनमा आवाज उठाउने बताइन् ।

Advertisement

बिशिस्ट अथिती खगेन्द्र माखिमले मेचेहरुको हक अधिकार सुनिश्चित गर्न, भाषा, संस्कृति र आफ्नो भुगोललाई संरक्षण गर्न मेचे स्वायत्त क्षेत्र हुनु पर्ने र त्यो राजनीतिक लडाइले मात्र प्राप्त हुने बताए ।

लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष डम्बर लाओती (जेन्टल) ले लिम्बुवान प्रदेश भित्र मेचे स्वायत्त क्षेत्रको सिङ्गो भूगोल पर्ने भएकोले नेपालको अबको आठौं प्रदेश लिम्बुवान प्रदेश सथापना सङ्गै मेचे स्वायत्त क्षेत्र पनि स्थापना हुने र त्यस्का लागि सङ्गठनिक शक्ति चाहिने हुन्दा राजनितिक रुपमै लिम्बुवान भित्र जसपा, नेपाल मेचे स्वायत्त क्षेत्र समिती गठन गर्नु परेको बताए ।

पुनर्गठित कार्यक्रमबाट अध्यक्षमा ग्निमाया मेचे, उपाध्यक्ष शंकर मेचे र सन्तलाल मेच, सचिबमा पवनलाल मेचे, उपसचिवमा अजय मेचे र कोषाध्यक्षमा सुन्द्री मेचे चयन भएका छन् । यस्तै सदस्यहरुमा रिता मेचे, पदश्री मेचे, रेनुका मेचे, भिना मेचे, मुनु मेचे, देवारी मेचे र बुन बुन मेचे चयन भएका छन् ।
नव गठित समितिलाई जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष डम्बर लाओती (जेन्टल) ले सपथ ग्रहण गराएका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य सुन्द्री मेचेले बोलेका थिए भने कार्यक्रम सन्चालन पवन मेचेले गरेका थिए ।