March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

इलाममा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८० फाल्गुन १५

1.5K

विराटनगर। ईलामको सुर्योदय नगरपालिका- ११ तिनघरे बजारमा सोमवार मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।

ईलामको शान्तिपुरबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प १६३० नंम्बरको मोटरसाईकलले तिनघरे बजारमा बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ५० बर्षीय बोम बहादुर लुङ्गेली मगरलाई ठक्कर दिंदा घाईते भएका मगरको झापाको बि.एण्ड.सि अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न मोटरसाईकल चालक रोङ गाउँपलिका-१ का २२ बर्षीय लोकेश खड्का र मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement