कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङद्वारा पदभार ग्रहण
विराटनगर। कोशी प्रदेश प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षकखापुङले बुधबार कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेका हुन् । खापुङ गृह मन्त्रालयको पुष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका हुन्...