January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

विराट गोल्डकपमा सहुलियत नदिएको भन्दै विद्यार्थीहरूको असन्तुष्टि

995

विराटनगर । विराट गोल्डकपमा विद्यार्थीले छुट नपाएको भन्दै विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन् । विहीबारदेखि सुरु भएको विराटगोल्डकपमा विद्यार्थीहरुले कुनै पनि छुट नपाएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।

आयोजकले विद्यार्थीहरुलाई आफ्नो परिचयपत्र देखाएर टिकटमा सहुलियत पाउने वातावरण निर्माण नगरेको नेविसंघका केन्द्रीय सदस्य योगराज दाहालले बताए।
पूर्वको शान विराटनगरको गौरवको रुपमा रहेको गोल्डकपलाई भव्यताको साथ सम्पन्न गर्न विद्यार्थीहरुको पनि साथ रहने बताउदै उनले विद्यार्थीहरुको भावनालाई बुझेर छुट दिनुपर्ने माग राखेका छन् ।

विद्यार्थीको माग पुरा नभएसम्म विराट गोल्डकप बहिष्कार गर्ने उनको भनाई छ ।

Advertisement

यस्तै, युवा नेता वोसिम आलमले गोल्डकपले विद्यार्थीलाई छुट नदिएको प्रति अपात्ति जनाएका छन् । ‘गोल्डकप गरे भन्नलाई मात्र गरेको जस्तो, दर्शक बिनाको गोल्डकप केका लागि ?’, उनले प्रश्न गरेका छन् ।

विद्यार्थीहरुलाई कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राख्दै उनले भने, ‘प्रदेश सरकार र स्थानीय सरकारको पैसा लगाउनु, यो सबै जनताले तिरेको कर दिएको हाइन ? पहुँच हुने र ठूलाबडालाई पास र टिकेट नि:शुल्क बाँड्ने अनि समान्य विद्यार्थीलाई भने सरकारले छुट नदिने ?’, उनको प्रश्न छ, ‘दर्शक विनाको खेल के गर्ने ? बरु प्रदेश सरकार र स्थानीय सरकारले दिएको पैसा रोक्नुस अनि मात्र पूर्ण टिकट सिस्टम लागु गर्नुस् ।’ यो खेल भन्दा पनि व्यापार गरेजस्तो भएको उनको आरोप छ ।

विद्यार्थीहरूले ‘राष्ट्रको लागि खेल युवाको लागि खेलकुद’ नारामा मात्रै सिमित भएको आरोप लगाएका छन् ।