कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापा
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापा नियुक्त भएका छन्। बहुमतसहित दाबी पेस गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापालाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । बाबुराम गौतमले सभामुख पदबाट राजीनामा दिएपछि गठबन्धनको पक्षमा बहुमत पुगेको...