May 24, 2024, Friday
२०८१ जेष्ठ ११
1:37:26 pm

श्रीमती हत्या गरी फरार भएका तेह्रथुमका राजकुमार श्रेष्ठ पक्राउ

1.2K

तेह्रथुम । श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँ तेह्रथुमका राजकुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।

२६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो । काँकडभिट्टाको एक होटलमा लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए । श्रेष्ठलाई आइतबार तेह्रथुम ल्याइने प्रहरीले जनाएको छ ।

गत साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो ।

Advertisement