January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

तेह्रथुमका छथर गाउँपालिकामा अध्यक्ष कप हुने

1.5K

तेह्रथुम । छथर गाउँपालिकाको अध्यक्ष कप हुने भएको छ ।

पालिकाको केन्द्र छथर शुक्रबारे तेह्रथुममा ऐतिहासिकरुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो ।

खेलकुद र संस्कृति हाम्रो सान, समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ पत्रकार सम्मेलन गरी छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने भएको हो ।

Advertisement

गाउँपालिका क्षेत्रलाई खेल पर्यटका साथै लोपउन्मुख कला, संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिने प्रतियोगिता भदौ १२ गतेदेखि हुनेछ भने फाइनल १७ गते हुनेछ । मेलाको अवसरमा फुटबल, भलिबल र व्याडमिन्टन प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगितातर्फ प्रथम हुनेले नगद १ लाख ५१ हजार र ट्रफी, दोश्रो हुनेले नगद ७५ हजार र ट्रफी पाउनेछन् । यसैगरी, भलिबल प्रतियोगितातर्फ प्रथम हुनेले नगद १ लाख ५१ हजार र रनिङ कप पाउँदा दोश्रो हुनेले नगद ७५ हजार कप, व्याडमिन्टनतर्फ प्रथम हुनेले नगद ४१ हजारसहित अध्यक्ष कप र दोश्रो हुनेले नगद २५ हजार पाउनेछन् ।

आयोजक रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाका अनुसार प्रतियोगितालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न विभिन्न खेलकुद तथा सांस्कृतिक व्यवस्थापन समिति गठन गरिएको छ ।