October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

अबिरल बर्षाका कारण कोशी प्रदेशका विभिन्न स्थानमा बाटो अवरोध

1.6K

बिराटनगर । अबिरल बर्षाका कारण कोशी प्रदेशका विभिन्न स्थानमा बाटो अवरोध भएको छ । कोशी प्रदेशका विभिन्न स्थानहरुमा आएको अबिरल बर्षासँगै बाढीपहिरोको कारण विभिन्न स्थानहरुमा सडक अबरोध भएको हो।

प्रहरीका अनुसार ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका-३ दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका-५ जोड्ने मोटरेबल पुल सम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवामगन बन्द भएको छ ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरो झरी बाटो अबरोध भएको प्रहरीले जनाएको छ ।

Advertisement

ईलाम नगरपालिका-४ अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको, तेह्रथुमको छथर गाउँपालिका-र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा सडक माथीबाट पहिरो खस्दा बाटो अवरोध भएको, ताप्लेजुङको फुङलिङ नगरपालिका-८ खोक्से खोलास्थित मेची राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएकोले उक्त स्थानहरुमा प्रहरी टोली गई स्थानीय निकायहरुसँग समन्वय गरी बाटो खुलाउने पहल भईरहेको छ ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका-७ खुदुवावारी-शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनीको पंखामा बाढीले क्षति पुर्‍याउदा पुल जिर्ण अबस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली गई स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भईरहेको छ ।