सुनसरी । एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिने सप्तकोशी नदीमा सोमबार बिहान ४ बजे पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ ।
पानीको बहाव यो वर्षकै उच्च मापन भएको छ । पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा वर्षा भइरहेको छ।
WordPress database error: [Disk full (/tmp/#sql-temptable-7c63e-96a45d-2d09.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT SQL_CALC_FOUND_ROWS DISTINCT wp_posts.*, SUM( COALESCE( pvc.count, 0 ) ) AS post_views
FROM wp_posts LEFT JOIN wp_post_views pvc ON pvc.id = wp_posts.ID AND pvc.type = 4
WHERE 1=1 AND (
wp_posts.post_date >= '2023-11-26 02:25:32'
) AND ((wp_posts.post_type = 'post' AND (wp_posts.post_status = 'publish' OR wp_posts.post_status = 'acf-disabled')))
GROUP BY wp_posts.ID HAVING post_views > 0
ORDER BY post_views DESC, wp_posts.ID DESC
LIMIT 0, 5