काठमाडौं । नाफामूलक उद्देश्यबाट सञ्चालन गरिएको कलेजलाई सहयोग गरेको भन्दै विराटनगर महानगरपालिकाका मेयरलाई प्रश्न गर्ने महिला अभद्र व्यवहारको मुद्दामा थुनामा परेकी छिन् । विराटनगर महानगरले विराटनगर–५ स्थित गोग्राहा कलेजलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णयको विपक्षमा उभिएकी सोही वडाकी बासिन्दा इन्दिरा चापागाइँलाई अभद्र व्यवहारमा मुद्धा चलाइएको हो ।
टाउकोमा रातो फेटा, हातमा नेपालको राष्ट्रिय झण्डा र सामुदायिक विद्यालय सुधारको माग गरिएको कागजे ब्यानर बोकेर चापागाइँले एक्लै विरोध प्रदर्शन गर्दै आइरहेकी थिइन् । ‘सँगैको गोग्राहा माविलाई सुधार्ने, राम्रो बनाउने काममा ध्यानै नदिने महानगर र मेयर नागेश कोइरालाले निजी कलेजलाई किन महानगरको पैसा दिएको ?’ भन्ने प्रश्नसहित एक्लै नारा लगाइरहेकी उनलाई ‘मनोरोगी’, ‘अराजक’ जस्ता संज्ञा दिइएको बताइएको छ ।
स्रोतका अनुसार उनी प्रहरी हिरासतमा पुगेको सोमबार आठौं दिन पूरा भएको छ । सोमबार मोरङ प्रहरीले फेरि आठ दिनका लागि दोस्रोपटकलाई म्याद थप गरेको छ भने उनीमाथि अभद्र व्यवहारको मुद्दामा ‘अनुसन्धान’ जारी रहेको प्रहरीको छ ।