January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकार तयार

1.3K

काठमाडौं । प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार रहेको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बताएका छन् ।

उनले शुक्रबार वक्तव्य जारी गर्दै प्रदेशको नाममा प्रदेशवासीको अपनत्व हुनुपर्नेमा विवाद नरहेको बताएका छन् ।

नामाकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य भएको भन्दै उनले भनेका छन्, ‘प्रदेश सरकार यसमा दृष्ट र प्रष्ट छ ।’

Advertisement

प्रदेश सभामा रहेका दलहरुबीच सहमति कायम गर्दै प्रदेशको नाममा उठेका प्रश्न लगायतका समस्याको मसाधान गर्ने मुख्यमन्त्री थापाको प्रतिवद्धता छ ।

साथै यसमा सहयोग गर्न सबै दल र आन्दोलनरत पक्षलाई समेत उनले आग्रह गरेका छन् ।