झापा । किरात याक्थुङ् चुम्लुङ् महिला समूह विर्तामोड नगरपालिका वडा न. ५ को पाचौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
झापाको विर्तामोड नगरपालिका वडा नं. ५ इन्द्रेणी टोल निवासी याक्थुङ्÷लिम्बू महिलाहरू मिली आर्थिक, शैक्षिक, स्वास्थ्य, सामाजिक, धार्मिक, सांस्कृति र भाषिक विकास गर्ने मूल उद्देश्यले स्थापना भएको महिला समूहले विर्तामोड–५ स्थित ब्याबील्याण्ड एजुकेशन फाउण्डेशनको सभाहलमा साधारण सभा सम्पन्न गरेको हो ।
वि.स. २०७५ सालमा स्थापना भई निरन्तर रुपमा चल्दै आएको ४३ सदस्यीय सदस्य रहेको महिला समूहको आर्थिक वर्ष ०७९/८० को १५ लाख ६१ हजार बराबरको आय–व्यय समूहकी कोषाध्यक्ष रञ्जना कुरुम्बाङ्ले प्रस्तुत गरेकी थिइन् ।
किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ् फियाक लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभामा समूहले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूमा विशेष सहयोग पुर्याउने महिलाहरूलाई सिलाम साक्माले सम्मान गरिएको थियो ।
समूहकी अध्यक्ष पवित्रा तेयुङ् लावतीको सभापत्विमा सम्पन्न पाचौं वार्षिक साधारण सभामा प्रमुख अतिथि सेसेहाङ् फियाक, विशिष्ठ अतिथि किरात याक्थुङ् चुम्लुङ् जिल्ला सहसचिव शर्ण लोवा, चुम्लुङ् विर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, चुम्लुङ् विर्तामोड नगर पािलका वडा न. ५ का अध्यक्ष योगेन्द्र कुरुम्बाङ्, समूहकी सदस्य नितु नेम्बाङ्, कुमारी मादेन लगायतले संस्थागत विकासमा महिला समूहको काम अतुलनीय रहेको कुरा चर्चा गर्दै प्रदेश न.ं १ को नाम कोशी राखिएपछि चल्दै आएको आन्दोलनको बारेमा प्रष्ट्याएका थिए । चुम्लुङ्को संस्थागत विकास गर्दै जाने सन्दर्भमा समग्र याक्थुङ् लिम्बूहरू एकता नभई केहि नहुने कुरामा जोड दिँदै सामाजिक विकास र लोक सांस्कृतिको मुल संरक्षण र संबद्र्धन गर्दै जाने सन्दर्भमा विशेष गरेर महिलाहरूको अहम भूमिका रहेको समेत वक्ताहरूले व्यक्त गर्दै प्रदेशको नाम कोश्ी खारेजी र बहुपहिचानको आधारमा पुनः नामाङ्कन आन्दोलनमा सहभागी भई विर्तामोडबासी सम्पूर्ण महिलाहरूलाई समाहित हुन आग्रह गरेका थिए ।
शुभकामना मन्तव्यकै क्रममा वि. स. २०७५ सालमा स्थापना भई पूर्ण रुपले चल्दै आएको किरात याक्थुङ् चुम्लुङ् महिला समूह विर्तामोड–५ को थप उन्नती र प्रगतिको लागि विशेष प्रोत्साहन स्वरुप आगामी भदौ १७ गते हुने किरात याक्थुङ् चुम्लुङ्को ३५औं स्थापना दिवसको पावन अवसरमा रु. १०,००५।– अक्षरेपी दश हजार पाँच रुपैयाँ नगद प्रदान गर्ने प्रमुख अतिथि चुम्लुङ् जिल्ला अध्यक्षले घोषणा गरेका छन् ।
मन्तव्यकै क्रममा विर्तामोड नगर पालिकामा किरात याक्थुङ् चुम्लुङ्को चुम्लुङ् भवन निर्माण गरिने अभियानको वारेमा वक्ताहरूले जानकारी गराउँदै भवन निर्माणमा समेत विशेष सहयोग पुर्याइदिन हुन चुम्लुङ् विर्तामोड नगर अयक्ष हिमालयप्रकाश कन्दङ्वाले आग्रह गरे ।
महिला समूहको पाचौं वार्षिक साधारण सभाको औपचारिक कार्यक्रममा समूहकीले अध्यक्ष पवित्रा तेयुङ् लावतीले प्रदेश न.ं १ पुनः नामाङ्न संयुक्त संघर्ष समिति झापालाई प्रमुख अतिथिको हस्तबाहुली मार्फत कोषमा जम्मा हुनेगरी रु. ५,०००।– अक्षरेपी पाँच हजार रुपैयाा हस्तान्तरण गरेका थिए ।
समूहकी सचिव देशमाया बेघा लोवाले सञ्चालन गरेको कायक्रममा समूहकी उपाध्यक्ष भिममाया केरुङ् लिङ्देनले स्वागत मन्तव्य रहेको थियो ।
स्मरण रहोस्, स्थानीय पालामी अभियन्ता धनकुमारी लिङ्देन, मनकुमारी मादेन लिङ्देन, कविता लिम्बू, सञ्चहङ्मा लिम्बू र लाखवती लिम्बूको टिमले पालाम, हाक्पारे गाएर कार्यक्रमलाई अत्यत्तै रोचक बनाएका थिए ।