September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने

580

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणलाई लिएर आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने तयार भएको हो ।

जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको मुख्यमन्त्री उद्धव थापाले बताए ।

Advertisement

उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ । लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ ।