मलेसियामा कार्यरत नेपालीले सामाजिक सुरक्षा सुविधा तथा क्षतिपूर्ति नेपालबाटै पाउने
काठमाडौँ – मलेशियामा काम गरिरहेका श्रमिकहरूले पाउने सामाजिक सुरक्षा बापतको सुविधा तथा क्षतिपूर्ति नेपाल ल्याउन पाउने बारेको समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने वैदेशिक रोजगार बोर्डका अधिकारीहरूले बताएका छन्।केही दिनमै समझदारीपत्र मलेशिया पठाइने र मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोले त्यसमा मन्जुरी दिएलगत्तै कार्यान्वयनमा आउने उनीहरूको भनाइ छ। हालसम्म वैधानिक रूपमा मलेशियामा रहेका झन्डै तीन लाख नेपाली कामदार...