April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुवेतमा सात नेपाली महिला पक्राउ

3.9K

काठमाडौं – कुवेतमा ७ नेपाली महिला पक्राउ परेका छन् । कुवेतमा घरेलु कामदारका रुपमा रहेका कामदारलाई मालिकको घरबाट भगाएर अर्को मालिकलाई बेचेको आरोपमा उनीहरु पक्राउ परेको स्थानीय संचारमाध्यम अरब टाइम्सले जनाएको छ ।

उक्त संचारमाध्यमका अनुसार कुवेतमै घरेलु कामदार आपूर्ति गर्ने ऐजेन्सीको इजाजत नलिइ काम गरिरहेका महिलालाई प्रलोभनमा पारेर अबैध हैसियत बनाइ बेचबिखन गर्दै आएको आरोप उनीहरु माथि रहेको छ । कुवेतको कानुनमा यसरी अवैद्यानिका रुपमा कामगर्नुलाई ठूलो अपराध मानिन्छ ।

पछिल्लो समय घरेलु कामदारहरु लैजान बन्द गरिएको र भारतीय बाटोबाट लुकिछीपी कामदार लैजान समेतबन्द भएको अवस्थामा त्यहाँ रहेका दलालहरुले त्यहि कार्यरत नेपाली महिलालाई घरबाट भगाएर अर्को मालिकसँग पैसा लिएर कामदार दिने गरेको घटनाहरु बढी रहेका छन् ।

Advertisement