April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पत्रकार महासंघ कुवेतद्वारा पत्रकार आपतकालीन अक्षयकोषका लागि आर्थिक सहयोग

4K

कुवेत – नेपाल पत्रकार महासंघ केन्द्रले स्थापना गर्न लागेको १ करोड नेपाली रुपैया बराबरको पत्रकार आपतकालीन अक्षय कोषका लागि नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले नेपाली रुपैंया १,११,१११(एक लाख एघार हजार एक सय एघार )हस्तान्तरण गरेको छ।.

उक्त सहयोग रक़म गत फेब्रुवरी ८,२०२१ मा नेपाल पत्रकार महासंघ अध्यक्ष गोबिन्द आचार्यको उपस्थितिमा प्रवासी नेपाली पत्रकार संजालका सचिव तथा नेपाल प्रतिनिधि दामोदर नेपालले केन्द्रका लेखापाल भुवन कार्किलाई हस्तान्तरण गरेका थिए।उक्त अबसरमा केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, महसंघ कतारका पूर्ब अध्यक्ष गणेश प्रसाद बन्जाडे, सदस्य महेश्वर नेपाल लगाएतको उपस्थिती थियो। नेपाल पत्रकार महासंघले स्थापना गर्न लागेको यो पत्रकार आलतकालीन अक्षयकोषबाट आर्थिक रुपमा समस्यामा परि उपचार गर्न नसकेका लगाएत आपतकालीन रुपमा पर्ने गरेका पत्रकार वा उनिहरुको परिवारलाई सहयोग गरिने छ।

केन्द्रको यो पत्रकार आपतकालीन कोषका लागि महसंघ यूकेले २० लाख नेपाली रुपैया सहयोग गरि सकेको छ भने अन्य वैदेशिक शाखा तथा नेपालका विभिन्न जिल्ला शाखाहरुबाट सहयोग आउने क्रम जारी छ।

Advertisement