April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्पेनको कोस्टाब्लाङकामा एनआरएनएको क्षेत्रीय समिति गठन

3.5K

स्पेन, ९ फेब्रुअरी |स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए स्पेनको क्षेत्रीय समिति गठन भएको छ । कोस्टाब्लाङका क्षेत्रमा एनआरएनए क्षेत्रीय समितिको तदर्थ समिति गठनका लागि तीन हप्तादेखि विभिन्न पक्षसँगको छलफल पछि सिफारिस भएको तदर्थ समितीलाई एनआरएनए स्पेनको मंगलबार बसेको बैठकले स्वीकृत गरेको हो ।

१ हजार भन्दा धेरै नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रमा धेरै अघि देखि नै क्षेत्रीय समिति गठन गर्ने प्रयास भएपनि अहिले गठन गर्न सफल भएको एनआरएनए स्पेनले जनाएको छ । क्षेत्रीय समितिको अध्यक्ष सुरेन्द्र भुजेल थापा चयन हुनु भएको छ । १५ सदस्यीय समितिको उपाध्यक्ष कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना श्रेष्ठ, युवा संयोजक सुरेन्द्र रानामगर, सदस्यहरुमा रितेश श्रेष्ठ, दुर्गादत्त पराजुली, छवि श्रेष्ठ, निराजन लुईटेल, झरना कार्की, राजकुमार क्षेत्री, बिरबहादुर खत्री, नवराज पाण्डे र प्रविण सुवेदी रहनुभएको छ ।

एनआरएनए स्पेनको निर्णय अनुसार गत जनवरी २५ तारिखमा त्यस क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि लेखिएको पत्र अनुसार फेब्रुअरी ७ भएको सफारिसका आधारमा तदर्थ समितिलाई स्वीकृत गरिएको एनआएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले बताउनुभयो । एनआरएनए स्पेनको बिधानको परिच्छेद ७ धारा २० र यसको संशोधन सहित गठन भएको क्षेत्रीय समितिले आजैदेखि काम शुरु गरेको छ ।

Advertisement

क्षेत्रीय समिति गठनका लागि एनआरएनए स्पेनका क्षेत्रीय उपाध्यक्ष तुल्सीबहादुर गुरुङ र एनआरएनए संस्थापक आइसिसी सदस्य बिरेन्द्र श्रेष्ठलाई एनआरएनए स्पेनले जिम्मेवारी दिएको थियो । उहाँहरुले क्षेत्रीय समिति गठनका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै अध्यक्ष गुरुङले धन्यवाद दिनु भएको छ । साथै आगामी जुन मसान्त भित्र क्षेत्रीय समितिको अधिबेशन गर्नुपर्ने भएकोले त्यसको तयारी थाल्न र यसक्रममा त्यसक्षेत्रका सवै ब्यक्ति र संघसस्थाहरुलाई समेटेर अगाडी बढ्न अध्यक्ष गुरुङले नवगठित क्षेत्रीय समितिलाई अनुरोध गर्नु भएको छ ।

यस क्षेत्रमा क्षेत्रीय समिति गठन गर्ने आफुहरुको निर्बाचित भएदेखि कै योजना रहेको तर कोभिडको कारणले केही ढिलो भएपनि क्षेत्रीय समिति गठन गर्न पाउँदा सफलता महसुुस भएको एनआरएनए स्पेनका महासचिव राज ढकालले बताउनुभयो । उहाँले आफुहरुको निर्वाचन एजेण्डामै रहेको यस क्षेत्रमा क्षेत्रीय समिति गठन गर्ने कुरा पुरा गर्न पाँउदा एनआरएनएको अभियानलाई थप बृहत बनाएको महसुस भएको बताउनुभयो ।

अध्यक्ष गुरुङले केन्द्रले क्षेत्रीय समिति गठनका लागि आफुलाई दिएको जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्न पाँउदा खुसी लागेको भन्दै यसका लागि सहयोग गर्ने सवै कोस्टाब्लाङका बासीलाई धन्यवाद दिनु भएको छ । यस्तै संस्थापक आइसीसी सदस्य बिरेन्द्र श्रेष्ठले आफु १५ वर्ष देखि बसेको कोस्टाब्लाङका क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि निरन्ततर पहल गरिरहेको र अहिले आएर आफ्नै संरक्षकत्वमा क्षेत्रीय समिति गठन गर्न सफल भएको भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद दिनु भएको छ ।