केन्या – गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले नैरोबि विमानस्थलको अध्यागमनमा विभागमा मास्क वितरण गरेको छ ।
एनआरइएनए केन्याको तर्फबाट संस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तरराष्ट्रिय बिमानस्थलका अध्यागमन बिभागकि उपनिर्देशक श्रीमती एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिचलाई दशहजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।
कोरोना महामारी रोकथाममा सहयोग पुर्याउने उद्देश्यले उक्त सानो सहयोग गरिएको मास्क वितरण कार्यक्रममा एनआरएनए केन्याका महासचिव टीका धिताल, पूर्बआइसीसी सदस्य यादब काफ्ले, पूर्बअध्यक्ष कृष्णदत्त भट्ट र कोषाध्यक्ष भरत रेग्मी उपस्थित रहेको थियो ।
केन्यामा रहेका नेपालीहरुको सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्यालाई धन्यवाद दिदै कृतज्ञता व्यक्त गरेका थिए । संघका तर्फबाट सस्थापक अध्यक्ष कुलबहादुर कार्कीले मास्क किन्न सहयोग गर्ने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिदै भबिस्यमा पनि यस्तो सहयोग जारी राख्ने बिश्वास व्यक्त गरेका थिए ।