April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कतारले जारी गरेको मापदण्ड पालन गर्न कतारमा रहने नेपालीहरुलाई दूतावासको आग्रह

2.8K

नेपालीहरुको बाहुल्यता रहेको खाडीमुलुक कतारमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि कतार सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेका उक्त मापदण्डहरुलाई पालना गर्न र सतर्कता अपनाउन कतार स्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेकोस्मार्ट एताराज एप हुनै पर्ने, घर भित्र वा बन्द स्थानमा ५ जना र खुल्ला स्थानमा १५ जना भन्दा वढी भेला हुन नपाईने नियम लागु भएको छ । यसैगरी सवै सार्वजनिक पार्क, सार्वजनिक तटहरू, कर्निस लगायत अन्य सार्वजनिक कुनै पनि प्रकारका सामाजिक जमघटमा १५ जना भन्दा बढी भेला हुन नपाईने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने जस्ता मापदण्ड जारी भएको छ ।

कोभिडको संक्रमण निरन्तर वृद्धि भएपछि कतारको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले पत्रकार सम्मेलन गरी कतारमा बस्ने सबैले पालना गर्नु पर्ने सतर्कता र सुरक्षाका विभिन्न प्रकारका उपायहरु सार्वजनिक गरेको हो । सरकारले उक्त मापदण्ड पालना भए नभएको अनुगमन गर्ने र सतर्कता र सुरक्षाका प्रावधानहरु उल्लंघन भएको पाइएमा उल्लंघनकर्तालाई कानूनबमोजिम कतारी रियाल २ लाखसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेको छ ।
साथै राजदूतावासबाट प्रदान गरिने सेवाहरु मध्ये आफै उपस्थित भएर लिनु पर्ने सेवा बाहेक अन्य जानकारी फोनबाटसमेत लिन सकिने र राजदूतावासको वेवसाईट र फेसवुक पेजमा समेत नियमित सूचनाहरु प्रवाह गरिने दूतावासले जनाएको छ ।

Advertisement