April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुवेतबाट एनआरएनएले ६ बिरामीको उद्वार गरी नेपाल पठायो

2.8K

एनआरएनए कुवेतले पछिल्लो पटक विभिन्न ६ जना बिरामीहरुको उद्वार गरी नेपाल पठाएको छ। 

सोमबारका दिन दुवै मृगौला फेल भएकी तारा भन्डारी, सवारी दुर्घटनामा परी उपचाररत डिल्लीराम पाठक, नेपालमा नै सवारी दुर्घटनामा परी खुट्टामा स्टिल फिक्स गरेर ठीक भएपश्चात कुवेत आएको तीन बर्ष पछि पुनः बल्झिएर घाउ पाकेर काम गर्न नसकेका प्रकाश आले, निक्कै लामो समयदेखी रगत वान्ता भैरहेका कारण उपचाररत चित्रबहादुर राना मगर साथै अन्य बिरामीहरु सरस्वती पाठक र बनिक राज पौडेल सबै ६ जनालाई हवाई टिकट र पिसिआर परिक्षण गरि नेपाल नेपाल पठाईएको एनआरएनए कुवेतका महासचिव दिलकुमार पाख्रीनले जानकारी दिएका छन् ।

उनीहरु सोमबार साँझ समय ६:४५ को जजिरा एयरवेजको उडान मार्फत नेपाली समय अनुसार राती १:२५ मा अवतरण गर्ने गरि गएका हुन् । उनीहरुलाई काठमाडौ विमानस्थलबाटै एनआरएनएका स्वयंसेवकहरुले राती बस्नको लागि र आज बिहान आ आफ्नो घर सम्म पुग्नका लागि बस टिकटको ब्यबस्था गरेको जानकारी पाख्रीनले दिएका छन् । 

Advertisement

विगतमा पनि गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कोरोना भाइरसका कारण  रोजगारी गुमाएका, विरामी परेका तथा विभिन्न किसिमले समस्यामा परि अलपत्र परेका २६ जना नेपालीहरुलाई कुवेतबाट उद्वार गरी स्वदेश पठाइसकेको छ।