प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने, “जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना”
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालमा चलेको दशवर्षे जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएको बताए । आजदेखि प्रसारण हुनलागेको जनयुद्धका घटनामा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरूले लाखौँ जनता सहभागी भएको जनयुद्धको आवश्यकता र महत्त्व युगौँसम्म चर्चा...