प्रचण्डद्वारा मुस्ताङको पेरिस डाँडामा माओवादी केन्द्रको कार्यालय शिलान्यास
मुस्ताङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले पार्टी कार्यालय शिलान्यास गरे। माओवादी केन्द्र जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार छ कोठाको भवन निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र–२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका हुन् । त्यस...