November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रास्वपा र राप्रपाको बहिष्कारपछि प्रतिनिधिसभाको बैठक प्रभावित

595

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले विरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठकमा प्रभावित भएको छ । विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको हो । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिएका सांसदहरुलाई विनियोजन विधेयकमाथिको छलफल सक्नुपर्ने र प्रश्नउत्तर लगायतका कार्यक्रम अगाडि बढाउनुपर्ने भएकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरे पनि आग्रहलाई अवज्ञा गर्दै दुवै पार्टीका सांसदहरु आफ्नो आसनमा नबसेपछि सभामुखले प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो । त्यसपछि दुवै दलका सांसद बैठक छाडेर निस्किए । सदनमा विनियोजन विधेयकमाथिको छलफल भने अघि बढाइएको छ ।

Advertisement