November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने

795

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी उनले शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गरेको भन्दैै बाँकी सेवासुविधा पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

भण्डारीले आगामी १ साउनदेखि लागू हुनेगरी सेवासुविधा फिर्ताको पत्र पठाउने तयारी भएको स्रोतले जनाएको छ ।

अहिले सरकारले उनलाई दुईजना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको र गाडी नलिए पनि इन्धन खर्च पनि सरकारले बेहोर्ने गरेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायत नलिएको बताइएको छ ।

Advertisement