काठमाडौं । जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले धर्मेन्द्र बास्तोला निकट अखिल (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ ।
बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रमा विरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री र शिक्षामन्त्रीको फोटो जलाउनुका साथै मसाल जुलुससमेत निकालेका हुन् ।
अखिल (क्रान्तिकारी)ले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउन आगामी साउन २ गते शैक्षिक हडतालको समेत घोषणा गरेको छ ।
उनीहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न र जनमुखी शिक्षा प्रणाली लागू गर्न सरकारले तत्काल पहल गर्नुपर्ने माग राखेका छन् ।