ओली नेतृत्वको सरकारले सकारात्मक काम गर्न सकेन: श्रेष्ठ
विराटनगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘दुई वटा पार्टी मिलेर निरंकुशतामा जाने संकेत सरकारले गइरहेको छ, अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ...