काठमाडौं । एमालेका मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले भने, ‘विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ । एक महिना कुर्दैनौं । आजको मितिले बढीमा पाँच दिनभित्रमा हामी संयन्त्र बनाउँछौँ ।’
उनले गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्ने प्रकारको तयारी उच्चस्तरबाट भएको बताए ।
गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको उल्लेख गर्दै मुख्य सचेतक बर्तौलाले रास्वपा र राप्रपाका सांसदहरुको अवरोधप्रति असहमति जनाए ।




