पूर्वस्मृति र द्वैधताबिच सुदूर बिस्मृतिका विम्बहरू
सुदुर विस्मृतिका विम्बहरू (वि.सं. २०७९) नेपाली बेलायती डायस्पोराका लेखक टंक वनेमको संस्मरणसङ्ग्रह हो । वनेम नेपालको पूर्वी पहाडको लिम्बुवान क्षेत्रमा जन्मे हुर्केर १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भई हाल सेवानिवृत्त जीवन बिताइरहेका छन् । उनका हालसम्म प्रकाशित ६ ओटा पुस्तकहरूमध्ये तीनओटा कवितासङ्ग्रह छन् । तीमध्ये साँगुरी र बुढासुब्बा (२०६३), सङ्गीनको मुच्र्छना (२०६९) नेपाली...