तीनराते तङसिङको दस्तावेजीकरणमा येबाकान्छाको पुस्तक
कुनैबेला विद्वान लेखक, भूगोलविद एवम् चिन्तक डा. हर्क गुरूङले नेपालमा केन्दीय सत्ता र हिन्दूवादको प्रभावबाट आफूलाई तुलनात्मक रूपमा जोगाउने जातिमा नेवार र याक्थुङ समुदायलाई राखेका थिए । याक्थुङ लिम्बु समुदाय यतिबेला साँस्कृतिक पुनःजागरणकालको एक महत्वपूर्ण कडीमा छ । समुदायमा आदिम साँस्कृतिक र राष्ट्रिय पहिचानको खोज उत्कर्षमा छ । भाषा, लिपि र साहित्यपश्चात यतिबेला मुन्धुमको खोज,...