April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

कवि मीना श्रेष्ठको एकल कविता वाचन सम्पन्न

1.4K

काठमाडौं । कवि मीना श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । महिला साहित्य समूहले बिहीबार डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा कोशी प्रदेश सभा सदस्यसमेत रहेकी मीना श्रेष्ठको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको हो ।

वरिष्ठ साहित्यकार उषा शेरचनको सभापतित्वमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठ रहेकी थिईन् ।

कार्यक्रममा कवि मीना श्रेष्ठले आफ्ना १५ थान कविता वाचन गरेकी थिईन भने साहित्यकारहरू मन्जिला अनिल, शान्ति पौडेल, सृजना शर्मा, निर्मला फुँयाल, उषा शेरचन, रीता खत्री लगायतले कवि श्रेष्ठको कविता वाचन गरेका थिए ।

Advertisement

कार्यक्रममा साहित्यकार डा. यादेवी ढकालले कवि मीना श्रेष्ठको संक्षिप्त परिचय दिएकी थिईन् ।

महिला साहित्य समूहकी संयोजक कवि रीता खत्रीले सहजीकरण गरेको सो कार्यक्रममा प्रमुख अतिथि जलेश्वरी श्रेष्ठ, सभापति उषा शेरचन र कवि मीना श्रेष्ठले विशेष मन्तव्य राखेका थिए ।

वि. सं. २०३४ चैत २६ गते खोटाङमा जन्मिनु जन्मिएकी कवि मीना श्रेष्ठले २०५३ सालमा ‘खै कहाँ खोजुँ म नारी मुक्ति’ कविता प्रकाशित गरेकी थिइन् ।

कवि श्रेष्ठको ‘बिस्कुन यो मनको’ २०७१ र ‘फर्गेट एस्टर्डे’ कविताकृतिहरू प्रकाशित रहेका छन् ।