बैरागीको ‘साहीमासा’ सार्वजनिक
कवि समीप बैरागीको नवीनतम कविता कृति ‘साहीमासा’ विमोचन भएको छ । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षम पुस्तक सार्वजनिक गरिएको हो। रोल्पा कला साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा कवि तथा कार्यक्रमका वक्ता श्रवण मुकारुङले कवि समीप बैरागीले नेपाली कविताको क्षेत्रमा अलग खालको पहिचान निर्माण गरेको र यसले नेपाली कवितामा एउटा नयाँ आयाम...