मदन पुरस्कार २०७९ विवेक ओझाको ‘ऐँठन’लाई
काठमाडौं । विसं २०७९ को मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’ र जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले यस्तो निर्णय गरेको हो । मदन पुरस्कारको श्रेष्ठ सूचीमा पाँचमा कृति छनोट भएका थिए। जसमा ओझाको ‘ऐँठन’, सुबिन भट्टराईको ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’...