April 20, 2026, Monday
२०८३ बैशाख ८
1:37:26 pm

जाेशीलाई ‘सुदिस निराैला स्मृति साहित्य’ पुरस्कार प्रदान

1.9K

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले यस वर्षको ‘सुदिस निराैला स्मृति साहित्य पुरस्कार’ कवि शकुन्तला जाेशीलाई प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिकाे साे पुरस्कार कवि जाेशीलाई प्रदान गरिएको हाे ।

कार्यक्रममा वरिष्ठ कवि एवम् समालोचक कृष्ण प्रधान, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पाेख्रेल, महेन्द्र माेरङ क्याम्पसका पूर्वप्रमुख डा. बाबुराम तिमेल्सना, शिशु सेवा समितिका अध्यक्ष कविराज न्याैपाने, प्राडा मेदिनीप्रसाद शर्मा, पुरस्कार संस्थापक टीका सुदिस निराैला लगायतले दाेसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे ।

विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय जाेशी सञ्चार क्षेत्रमा समेत आबद्ध छिन् । साे पुरस्कारबाट यसअघि महेश पाैड्याल, मिलन समिरलगायत पुरस्कृत भइसकेका छन् । कार्यक्रमका प्रमुख अतिथि समालोचक कृष्ण प्रधानले विराटनगर भाषा, साहित्य, कला र सँस्कृतिकाे उर्वर भूमि भएको बताए ।

Advertisement

साे कार्यक्रममा साहित्यकार भेषराज पाेख्रेल, आयाेजक संस्थाकम महासचिव गाेकुल अधिकारी, सचिव मीनकुमार नवाेदित, कवि लक्ष्मी पाेख्रेललगायतले सुदिश निरा‌ैलाकाे व्यक्तित्व र कृतित्वउपर चर्चा गरेका थिए । त्यसैगरी, कार्यक्रममा कवि टीका आत्रेय, पराजित पाेमु, अमित थेवे, विवश पाेख्रेल, टीका राजवंशीलगायतले कविता वाचन गरे ।