बेलायती लगानीकर्तालाई आकर्षित गर्न राजदूत आचार्यसँग निजी क्षेत्रका छाता सङ्गठनको आग्रह
काठमाडौँ । निजी क्षेत्रका छाता सङ्गठनले बेलायती लगानीकर्तालाई आकर्षित गर्न नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् । नेपाली वस्तुको निर्यात अभिवृद्धि, बेलायती लगानी बढाउने तथा विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूतसँग आग्रह गरेका हुन् । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले...