April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पत्रकार महासंघ बेलायतले स्थापना दिवस र १० औं वार्षिकोत्वस मनाउने

4K

लण्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थापना दिवस तथा १० औं वार्षिकोत्वस कार्यक्रम भव्य रुपमा मनाउने भएको छ। शाखा अध्यक्ष बिपिन निरौलाद्वारा प्रेषित एक प्रेश बिज्ञप्ति मार्फत उक्त जानकारी गराइएको हो ।

बिज्ञप्तिमा बेलायतमा नेपाली पत्रकारीतालाइ आजको मितिसम्म ल्याई पुर्याउन बिशेष योगदान गर्नुहुने अग्रज पत्रकारहरुलाई विशेष सम्मान पत्र द्वारा सम्मानित गर्ने र संस्थापकहरुको योगदान उच्च कदर गर्ने कार्यक्रम रहने जनाइएको छ।

उक्त कार्यक्रम चाडै तयार गरिने हुनाले यहाँहरुको सल्लाह सुझाब सहितको जबाफएक साता भित्र इमेल वा फोन मार्फत अपेक्षा गरेको पनि बिज्ञप्तिमा उल्लेख छ।

Advertisement

प्रेश बिज्ञप्ति

मिति : २७ मार्च २०२२

प्रेस बिज्ञप्ती

आदरणीय अग्रज पत्रकार तथा मित्रहरु,नेपाल पत्रकार महासंघ बेलायत शाखाको स्थापना दिवस तथा १० औं वार्षिकोत्वस कार्यक्रम भव्य रुपमा मनाउन लागेको सहर्ज जानकारी गराउँन पाउदा खुशी लागेको छ । बेलायतमा नेपाली पत्रकारीतालाइ आजको मितिसम्म ल्याई पुर्याउन बिशेष योगदान गर्नुहुने अग्रज पत्रकारहरुलाई विशेष सम्मान पत्र द्वारा सम्मानित गर्ने र संस्थापकहरुको योगदान उच्च कदर गर्ने कार्यक्रम चाडै तयार गरिने हुनाले यहाँहरुको सल्लाह सुझाब सहितको जबाफएक साता भित्र इमेल वा फोन मार्फत अपेक्षा गरेका छौ।यहाँहरुको सल्लाह र सुझाब पछि कार्यक्रमको ढाँचा बनाउने छ।

धन्यबाद।

भवदीय ,

बिपिन निरौला

अध्यक्ष, नेपाल पत्रकार महासंघ बेलायत