लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा गोमा राना चयन भएकी छन् ।
फार्नबरोमा शनिबार सम्पन्न संस्थाको साधारणसभाले उपाध्यक्ष रानालाई नेतृत्वको जिम्मेवारी दिएको हो । यसअघिकी अध्यक्ष प्रमिला लाबुङ राईले कार्यकाल पूरा नहुँदै अध्यक्षको जिम्मेवारी सुम्पिएकी हुन् ।
साधारणसभाकै अवसरमा फोनिज यूकेले बेलायतमा रहेर नेपाली पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप दुई पत्रकारलाई सम्मान गरेको छ ।
फोनिजका सल्लाहकारद्वय पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष नरेश खपांगी र केन्द्रीय प्रतिनिधि विमला सेनेलाई सम्मानपत्र र खादासहित सम्मान गरिएको थियो ।
साधारणसभामा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, फोनिज यूकेका सल्लाहकारहरु एकेन्द्र गुरुङ, मिलन तमु, नरेन्द्र नेम्वाङ लगायतले शुभकामना दिएका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को वैदेशिक शाखाका रुपमा सन् २०१३ मा स्थापना भएको फोनिज यूकेमा बेलायतमा सक्रिय आदिवासी जनजाती पत्रकारहरु आबद्ध छन् ।