April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बागलुङ समाज युकेको अध्यक्षमा धन बुढाथोकी चयन

२०७८ फाल्गुन २७

1.9K

लण्डन । बागलुङ समाज युकेको अध्यक्षमा धन बुढाथोकी चयन भएका छन् । समाजको छैठौँ अधिवेशनले बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा खड्का थापा, उपाध्यक्षमा मित्र थापा र रुद्र छन्त्याल,महासचिवमा शेर पुन,सह–सचिवमा अशोक बुढाथोकी,कोषाध्यक्षमा हिरा पुन र सह–कोषाध्यक्षमा जंग पुन सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला प्रतिनिधिमा प्रेरणा खड्का,सह–महिला प्रतिनिधिमा गोमा रिजाल ,सांस्कृतिक सचिवमा कृष्ण रोका र सह– सचिबमा शिब पुन, मिडिया सविचमा बिसन थापा,सह–मिडिया सचिवमा याम श्रेष्ठ,वेव मास्टरमा नन्दलाल पुन, नौमती प्रतिनिधिमा भिम थापा र सह–नौमती प्रतिनिधिमा तिर्थ शाही चयन भएका छन् ।

आफूलाई अध्यक्षको जिम्मेवारी दिइएकोमा धन बुढाथोकीले धन्यवाद व्यक्त गर्दै समाजलाई विगतका दिनमा भन्दा अझै सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

बागलुङ समाज युके बागलुङ स्थायी घर भई हाल बेलायतमा रहेकाहरुको सगंठित संस्था हो ।