April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रकाश सपुतको गीत ‘पीर’ प्रति नेपाली जनप्रगतिशिल मंच, बेलायतको ध्यानाकर्षण

२०७८ फाल्गुन ३०

3.4K

लन्डन । प्रकाश सपुतको गीत ‘पीर’ ले निहित व्यापारिक स्वार्थको लागि महान जनयुद्ध र सिंगो महिला समुदायप्रति प्रहार गरेको भन्दै नेपाली जनप्रगतिशिल मंच, बेलायतले ध्यानाकर्षण गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै मंचले विवादित गीत ‘पीर’ प्रति ध्यानाकर्षण गरेको हो ।

ध्यानाकर्षण पत्रमा गीत संगीत क्षेत्रले समाज विकासको क्षेत्रमा खेलेको सकरात्मक भूमिकामा उच्च सम्मान रहेको रहेको जनाएको छ तर जनयुद्धको कारण राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, उत्पिडितवर्ग, समुदायको समानुपातिक सहभागिता, गणतन्त्रलगायतका अग्रगामी परिवर्तनहरु कसैबाट नछिपेको र गीतको भिडियोले गलत विम्बको रुपमा पितृसतात्मक अहंकारलाई प्रस्तुत गरेकोले समाजको अपमान गरेको दावी गरेको छ ।

नेपाली जनप्रगतिशील मञ्च, बेलायतका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव विमला लिम्बूको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा महान जनयुद्ध तथा जनताका नेतृत्वमा भएका अग्रगामी राष्ट्रिय परिवर्तनलाई वदनाम गरी स्वार्थको रोटी सेक्ने, निजी प्रचार तथा व्यापार बढाउने अधिकार कसैलाई नरहेको जनाएको छ ।

Advertisement