March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

वेष्टफिल्डमा चितवन ट्रष्ट यूकेले १० अप्रिलमा रक्तदान गर्ने

1.4K

लण्डन । चितवन एड ट्रष्ट यूकेले रक्तदान शिविर सञ्चालन गर्ने भएको छ । “रक्तदान जिवनदान”भन्ने मूल नारा सहित बेलायतको सेफर्डबुसमा रहेको वेष्टफिल्ड सपिंगमल आगामी अप्रिल १० गते रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको ट्रष्टले जानकारी दिएको छ ।

रक्तदान गर्नु मानवीय स्वास्थ्यका लागि समेत फाईदा हुने र अरु कसैका लागि जीवनदान बन्ने भएकाले शिविरको आयोजना गरिएको भन्दै चितवन एड ट्रष्ट यूकेका अध्यक्ष रितेशराज पाण्डेले  रक्तदानमा सहभागी हुन अपिल गर्दै आफुलाई यस्तो पवित्र मानविय कार्य सम्पन्न गर्न लागेकोमा खुशी लागेको बताए ।

कार्यक्रम संयोजक डा. सुरजमणी पौडेलले रक्तदान कार्यक्रमलाई सफल पार्न मापदण्ड पुगेका जो सुकैले पनि उक्त शिविरमा आई रगत दिन सक्ने बताए । यसैबीच चितवन एड ट्रष्ट यूके ले आगामी अप्रिल २४ तारिख नेपाली मिति अनुसार २०७९ बैशाख ११ गते ह्यारो वरो फूटबल क्लव साउथ ह्यारोमा नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले “शुभकामना साँंझ” कार्यक्रमको पनि आयोजना गर्ने भएको छ ।

Advertisement

संस्थाका अध्यक्ष पाण्डेले उक्त कार्यक्रममा बेलायतमा रहेका सम्पूर्ण चितवनवासी, संस्थाका आजिवन सदस्यहरू र उहाँहरुका परिवारलाई कार्यक्रममा उपस्थित हुनका लागि अनुरोध गरेका छन् । कार्यक्रमलाई सफल बनाउन संस्थाका उपाध्यक्ष रघु दाहाल संयोजक रहेको ८ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।