काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर मैदानमा पुगेका छन् ।
नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड केहीबेर अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुगेका हुन् ।
नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुग्नु भएको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
यसैगरी, नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाली टोलीलाई सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका छन् ।
यता, आजको खेल निकै नै महत्वपूर्ण भएकाले खेलाडीहरुलाई भने हैसला थप्ने कार्यहरु भइरहेका छन् ।
नेपाल क्रिकेट संघ क्यानलेसमेत आजको खेलमा दर्शकको टिकटबाट उठेको रकम खेलाडी कल्याण कोषमा राख्ने घोषणा गरेको छ ।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईले सबै खेलप्रेमी क्रिकेट फ्यानलाई क्रिकेट मैदानमा आएर खेलाडीको हौसला बढाउन आग्रह गरेका छन् ।