November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई मत दिने

1.4K

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

बैठकले पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन दिएको छ । बैठकले फागनु २५ गते राष्ट्रपतिमा निर्वाचित भएका कांग्रेसका तत्कालिन नेता रामचन्द्र पौडेललाई बधाई पौडेललाई पनि बधाई दिएको छ।

Advertisement

यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।

कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।